बुधबार, चैत २५, २०८२

धनगढीलाई पराजित गर्दै काठमाडौंको सुखद सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमयर लिग (डिपिएल) टी-२० क्रिकेटमा काठमाडौं गोल्डेन्सले सुखद सुरुवात गरेको छ । सोमबारबाट सुरु भएको प्रतियोगितामा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

घरेलु टोली स्टार्सले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.५ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । काठमाडौंका लागि अंकित दवासले २९ रन जोडे । उनले दुई चौका र दुई छक्कका प्रहार गर्दै २९ रन जोडेका हुन् । त्यस्तै गौरभ तोमरले २८ रन जोडे । 

निकै नै आक्रमक सुरुवात गरेका तोमरले तीन चौका र एक छक्का प्रहार गरे । अनिल साहाले २४, बिक्रम भुसालले १४ र महबुब आलमले १२ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् ।  स्टार्सका लागि रोमन मुस्तफाले चार तथा विपिन कार्कीर आमिर हायातले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो । स्टार्सका लागि अमित श्रेष्ठले अर्धशतकिय पारी खेलेका थिए । अमितले ५० बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका थिए । 

सन्दीप रजालीले २८ रन जोडे । उनले ३५ बल खेल्दै चार चौकाको मद्दतमा २८ रन जोडे । सौरभ खनालले २५, पवन सराफले १९ रन जोडे । स्टार्सले सुरुवाती दुई विकेट १.२ ओभरमा मात्र ६ रन हुँदा गुमाएको थियो । पहिलो विकेटको रुपमा स्टार्सले रोहन मुस्तफालाई गुमाउँदा दोस्रो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको थियो । 

मुस्तफा शुन्य रनमा आउट भएका थिए भने धमलाले मात्र तीन रन जोडे । काठमााडौं गोल्डेन्सकाा लागि नन्दन कुमार यादवले दुई तथा ललित नारायण राजवंशी र अंकित दवासले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।