बुधबार, साउन २७, २०८३

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

 |  बुधबार, साउन २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०८३

सुनसरी- सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।

छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडी, सुनसरीको बसले बाटोको छेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोल बस्ने ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा उपचारका क्रममा निजको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि बस र चालक बर्जु गाउँपालिका–६ बस्ने २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 12, 2026| 13:22 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्