मंगलबार, साउन २६, २०८३

सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

काठमाडौं- सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ। उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

क्यानले जारी गरेको शोक वक्तव्यमा रायको निधनको खबरले नेपाल क्रिकेट परिवार अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ। क्यानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

‘सप्तरी जिल्लाका एक कुशल अलराउन्डर तथा प्रतिभाशाली क्रिकेट खेलाडी उपेन्द्र रायको असामयिक निधनको खबरले नेपाल क्रिकेट संघ परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,‘ क्यानद्वारा जारी वक्तव्यमा भनिएको छ।

राय सप्तरीका उदाउँदा क्रिकेट खेलाडीका रूपमा परिचित थिए। उनले जिल्ला तथा क्षेत्रीयस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा देखाएका थिए।

उनको निधनले नेपाली क्रिकेटले एक प्रतिभावान युवा खेलाडी गुमाएको भन्दै क्रिकेट समुदायका विभिन्न व्यक्तित्व तथा खेलप्रेमीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। क्यानले यस दुःखद घडीमा दिवंगत रायप्रति श्रद्धासुमन अर्पण गर्दै परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।

प्रकाशित: Aug 11, 2026| 13:10 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्