एजेन्सी- फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का फरवाडर एडिन्सन काभानीले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँगको खेल गुमाउन सक्ने छन् । क्लबका प्रशिक्षक थोमस टुचेलका अनुसार काभानीले च्याम्यिनस लिगमा युनाइटेडसँगको पहिलो क्वाटरफाइनल खेल गुमाउन सक्ने बताएका हुन् ।
शनिबार राति लिग वानमा बोर्डुअक्ससँगको खेलमा पिएसजीले १-० को साँघुरो जित निकाल्ने क्रममा काभानी घाइते भएका थिए । उक्त खेलमा एक मात्र निर्णायक गोल पेनाल्टीमा काभानीले नै गरेका थिए ।
उनी दोस्रो हाफको सुरुवाती समयमा नै घाइते भएपनि मैदान बाहिरिएका थिए । उक्त खेलमा उनको स्थानमा युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई मैदान प्रवेश गराईएको थियो ।
मंगलबार युनाइटेडसँगको खेलमा ब्राजिलियन स्टार खेलाडी नेयमार समेत उपस्थित हुने छैनन् । ‘यो हाम्रा लागि सुभ समाचार हैन । जहाँ नेयमारसँगै काभानी पनि उक्त खेलमा नहुन सक्छन् ।’
प्रशिक्षक टुचेलले भने, ‘मलाई लागिरहेको छ की काभानी उक्त खेलमा उपस्थित हुन मुस्किल पर्ने छ । किन भने उनले प्रशिक्षण पनि राम्रोसँग गर्न सकिरहेका छैनन् ।’ उनले थपे, ‘यो क्लबका लागि राम्रो हैन तर पनि क्लब उनका लागि खेलको अन्तीस समय सम्म पर्खिने छ । आसा गर्रौ यो समस्य धेरै भन्दा धेरै सानो बनोस ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४