मंगलबार, साउन २६, २०८३

मिनी ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई जना घाइते

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

कपिलवस्तु- कपिलवस्तु नगरपालिका -७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

तौलिहवा-भैरहवा सडकखण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा कपिलवस्तु, शुद्धोधन गाउँपालिका –०३ कटैयाभारीका २३ वर्षीय मोटरसाइकल चालक सन्तोष कहार गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११:१३ बजे मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका –०७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्। दुबै जना घाइतेको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 11, 2026| 11:28 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्