मंगलबार, साउन २६, २०८३

रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

जनकपुर- वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको निधन भएको छ।

७९ वर्षको उमेरमा मंगलबार विहान जनकपुरधानको प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको परिवारजनले जानकारी दिएका छन्। सोमबार राती एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई अस्पताल लगिएको थियो। 

उनको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने छ। विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एउटा लामो र सक्रिय साहित्यिक यात्राको अन्त्य भएको छ।

विशेषगरी जनकपुरधाम र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई नेपाली साहित्यको आख्यानमा स्थापित गर्ने साहित्यकारका रूपमा उनको विशिष्ट पहिचान थियो।

स्व. राजेन्द्र विमल मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभका जेठो दाजु हुन।

प्रकाशित: Aug 11, 2026| 10:16 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्