शुक्रबार, साउन १५, २०८३

एमबाप्पेले दिए ३५ हजार डलर दान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर केलियन एमबाप्पेले विमान दुर्घटनामा परेर मृत्यु भएका फुटबलर सालाका पाइलटको खोजिका लागि ३५ हजार डलर चन्दा दिएका छन् । 

विमान दुर्घटनामा परेका सालाका पाइलट डेभिड इबोट्सनको खोजी कार्यका लागि एमबाप्पेले ३५ हजार डलर दान गरेका हुन । दर्घटनामा परेका पाइलट डेभिडको अहिले सम्म कुनै कुरा पत्ता लाग्न सकेको छैन् । 

अर्जेन्टिनी स्ट्राइकर सालाको शब बुधबार समुद्र मुनी मृत अवस्थामा भेटिएको थियो । विमान २१ जनवरीमा फ्रान्सबाट युके जाने क्रममा बेपत्ता भएको थियो । पाइलट डेभिडको खोजिका लागि तीन लाख ९० हजार डलर चन्दा कोषको स्थापना गरेको छ । 

एमबाप्पेले अन्य व्यक्तीलाई पनि उको खोजी कार्यका लागि सहयोग गर्न आग्रह गरेका छन् । एल लोटिन नामबाट बनाएको चन्दा कलेक्सन साइटमा एमबाप्पेको यो सर्वाधिक दान रकम हो । उक्त साइटमा इंग्ल्यान्डका पुर्व स्ट्राइकर फुटबलर ग्यारी लिंकरले १ हजार पाउण्ड दान गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।