काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज (सोमबार) भारतसँग भिड्दै छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपमा नेपालले आफ्नो दोस्रो खेलमा भारतसाग भिड्न लागेको हो । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार साँझ ७:१५ बने सुरु हुने छ ।
पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्ने दाँउका साथ मैदानमा उत्रिने छ । यता बलियो मानिएको भरत पनि नेपाललाई पराजित गर्ने दाँउमा रहने छ ।
लामो समय बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले साफ अगाडी आफूभन्दा बलियो टोलीविरुद्ध प्रतियोगिता खेल्न पाउनु निकै फाइदाजनक हुने देखिन्छ । तर, नेपालले पहिलो खेलमा नमिठो हार व्यहोरेको छ ।
फिफा विश्व वरियता हेर्दा नेपाल १ सय ८ औं स्थानमा छ भने भारत ६२ औं, इरान ६० औं र म्यानमार ४४ औं स्थानमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४