शुक्रबार, साउन १५, २०८३

युभेन्ट्सको जितमा रोनाल्डोको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३-० गोल अन्तरले पराजित गर्दै सहज जित सनकालेको हो ।

पहुना टोलीलाई जित दिलाउन सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो र एम्री क्यानले समान एक एक गोल गरे । पहिलो हाफमा १-० को अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गरे । 

युभेन्ट्सले पहिलो हाफमा २३ औं मिनेटमा खेडिराको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल रोनाल्डोले गरे । उनले खेलको ७० औं मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । खेलको ८६ औं मिनेटमा क्यानले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।

जितसँगै युभेन्ट्सले लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले २३ खेलबाट ६३ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ५२ अंक छ । पराजित सासोउलो ३० अंक जोडेर ११ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।