काठमाडौं – संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याउने उद्देश्य अनुरुप प्रभु बैंक लिमिटेडले डडेलधुराको नवदुर्गा गाउँपालिका– ४ मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। गाउँ–गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्यका साथ शाखा कार्यालय विस्तार गरिएको बताइएको छ।
नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले एक समारोहकाबिच शाखा कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा बिष्टले बैंकले गाउँ–गाउँ पुगेर सेवा विस्तार गरेकोमा खुशी ब्यक्त गरे। शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, ब्यापारी, तथा सर्वसाधारण लाभान्वीत हुने उनको विश्वास छ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थित रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४