एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साँघुरो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पिएसजीले बोर्डुअक्सलाई १-० को साँघुरो जित निकालेको हो ।
पिएसजीका लागि खेलको एक मात्र निर्णायक गोल एडिनसन काभानीले गरेका थिए । उक्त खेलको एक मात्र गोल पहिलो हाफमा सम्भव भएको थियो । काभानीले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहदा गाल गरेका थिए ।
उक्त गोल काभानीको पेनाल्टी गोल हो । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसक्दा पिएसजीले १-० को साँघुरो जित निकालेको हो । घरेलु मैदानमा साँघुरो जित निकाल्ने क्रममा पिएसजी थोमस म्युनिर घाइते भएका छन् ।
उनले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने सक्ने बताईएको छ । तर, आधिकारीक रिपोर्ट मेडिकल चेकअप पछि मात्रै आउने बताईएको छ । जितसँगै पिएसजीले २२ खेलबाट ५९ अंक जोड्दै दोस्रो स्थानको लिली भन्दा १३ अंकको अग्रता बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४