बुधबार, चैत २५, २०८२

काउटिन्हो बार्सिलोनाका लागि लामो रेसका घोडा हुन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- केहि हप्ता अघिमात्र ब्राजिलियन तथा बार्सिलोनाका मिडफिल्डर फिलिप्पे काउटिन्हो जारी सिजनको अन्य तिर इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जान सक्ने हल्ला चलेको थियो । 

जारी सिजनमा उनले सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा उनी युनाईटेड वा पिएसजी जान सक्ने अन्तर्राष्ट्रिय अञ्चार माध्यममले जनाएका थिए । तर, क्लबले काउटिन्हो बिक्री नगर्ने बताएको छ ।

‘समर ट्रान्सफर विन्डोजमा काउटिन्हो म्यानचेस्टर युनाईटेडलाई बिक्री गर्ने छैनौ,’ क्लबले बताएको छ । केहि अघि काउटिन्हो ओल्ड ट्राफोर्ड जाने एका एकाको हल्लाले क्लब अचम्ममा परेका बताईएको छ । 

जारी सिजन उनी चोटका कारण मैदानमा सोचे अनुसारको प्रदर्शन गर्न नसके पनि उनी क्लबा लागि खास छन् । उनी क्लबका लागि लामो समयको भविष्य रहेको क्लबले बताएको छ । 

तर, केहि खेल यता काउटिन्हो आफै पनि आफ्नो खेल प्रति सन्तुष्ट नरहेको रिपोर्टमा बताईएको छ । २६ बर्षीय काउटिन्होले गत बर्षको जनवरीमा लिभरपुलबाट कीर्तिमानी मुल्यमा बार्सिलोना अनुबन्धित भएका थिए । 

गत सिजन ला लिगाका १८ खेलम ८ गोल गरेका उनले जारी सिजनका २२ खेल सकिदा २० खेल खेल्दै ४ गोल मात्र गरेका छन् । यस सिजन सबै खाले ३२ खेल खेल्दा उनले ८ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।