शुक्रबार, साउन १५, २०८३

रियल ला लिगाको दोस्रो स्थानमा उक्लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा एट्लेटिको मड्रिडलाई ३-१ गोलले पराजित गर्दै रियल ला लिगाको दोस्रो स्थानमा उक्लिएको हो । 

पहुना टोली रियलको जितका लागि कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले एक एक गोल गरे भने एट्लेटिकोका कालगि एन्टोनियो ग्रीजम्यानले एक गोल फर्काएका थिए । खेलको १६ औं मिनेटमा कासिमिरोको गोलबाट पाहुना टोली रियलले सुरुवाती अग्रता लिएको थियो । 

तर,  खेलको २५ औं मिनेटमा घरेलु टोलीका लागि ग्रीजम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । 

त्यसपछि खेलको ७४ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ३-१ को जित दिलाए । यो गोलसंगै बेलले रियलको लागि सबै खाले प्रतियोगितामा १०० गोल पुरा गरेका छन् ।

जितसँगै रियलले २३ खेलबाट ४५ अंक जोडेको छ । रियलले एट्लेटिकोलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । एट्लेटिकोको ४४ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।