एजेन्सी-लिभरपुल इंग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितका लागि साडियो माने, जर्जियो विजनाल्डम र मोहमद सलाहले समान एक एक गोल गरे । पहिलो हाफमा २-० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै बर्नेमाउथलाई फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलको २४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा विजनाल्डमले लिभरपुलको अग्रता दोब्बर पारे । त्यसपछि दोस्रो हाफ सुरुभएको तीन मिनेट नबित्दै सलाहले गोल गरेपछि लिभरपुललाई ३-० को सहज जित दिलाए ।
जितसँगै लिभरपुलले २६ खेलबाट ६५ अंक जोडेको छ । र, लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंकले अघि रहेको छ । सिटीको ६२ अंक रहेको छ । पराजित बर्नेमाउथ ३३ अंकसहित ११ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४