मंगलबार, असार २३, २०८३

महिला एएफसी एसिया कप छनोटमा नेपालले फिलिपिन्ससँग खेल्ने

एएफसी एसिया कप छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- एएफसी एसिया कप छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको छ। हङकङ, फिलिपिन्स र नेपाल रहेको समूहमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्न लागेको हो।

कोभिड–१९ को जोखिमका कारण नेपालबाट उज्वेकिस्तानमा सारिएको खेलमा फिलिपिन्ससँग सेप्टेम्बर १८ मा खेल हुने तय भएको हो।

त्यस्तै नेपालले दोस्रो खेल हङकङसँग खेल्नेछ। हङकङसँगको खेल सेप्टेम्बर २१ मा हुनेछ। स्थानीय समय अनुसार दुवै खेल दिउँसोको तीन बजे (नेपालको पौने चार बजे) जेएआर रंगशालामा सुरु हुनेछ।

समूह चरणको अन्तिम खेल भने हङकङ र फिलिपिन्सले सेप्टेम्बर २४ मा खेल्ने छन्।

एएफसी कपमा पुग्नका लागि नेपालले समूहको शीर्षस्थानमा रहनु पर्नेछ। समूह विजेताले आगामी २०२२ मा भारतमा हुने एएफसी वुमेन्स एसिया कपमा सहभागी हुन पाउनेछ।

अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडी:

अमिशा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, सविता राना, सरु लिम्बू, शर्मिला थापा, अन्जली वाइवा, बिमला बिके, मञ्जली तामाङ, निशा थोकर, प्रिती राई, पूजा राना, पुजन जर्घ मगर, रजनी थोकर, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, मनिषा राउत, रश्मी घिसिङ, रेनुका नगरकोटे, सृजना सिंह, हिरा कुमारी भुजेल र इन्दिरा राई

गोलकिपरः अञ्जना राना मगर, एन्जिला तुम्बापो, उषा नाथ

प्रकाशित: Aug 17, 2021| 16:15 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।