शुक्रबार, साउन १५, २०८३

डीपीएलको औपचारीक उद्घाटन, अग्रवाल र भट्टराई सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – तेस्रो संस्करण धनगढी प्रिमियर लिग (डिपिएल)को उद्घाटन भएको छ।  आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डीपीएलको–३ उद्घाटन गरेको हो।  

प्रदेश नंम्बर ७ का मुख्य मन्त्री त्रिलोचल भट्टले खेलको उदघाटन गर्दै फाप्ला क्रिकेट रंगशालाई चाडै ब्यवास्थित अन्तराष्ट्रिय क्रिकेट रंगशालाको रुपमा देख्न पाइने बताए।  प्रतियोगिताको उद्घाटन शनिबार गरियपनि पहिलो खेल भने सोमबारबाट संञ्चालन गरिने भएको छ। पानी परेकाले पिचमा आएको समस्याका कारण खेल सोमबारबाट मात्रै सञ्चालन हुँने आयोजकले  जनाएको छ।

कार्यक्रमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराईलाई धनगढी क्रिकेट एकेडेमिले सम्मान पनि गरेको  छ।  एकेडेमीले अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट सम्मानित गरेको हो। 

सम्मानित दूबैले धनगढी क्रिकेट एकेडेमिले आफूहरुको उच्च मूल्याङकन गर्दै सम्मान गरेकोमा खुसी ब्यक्त गरे।  प्रमुख अतिथि रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले दुवैलाई सम्मान गरेका थिए । 

वबर्षाका कारण प्रभावित डीपीएल सोमबारबाट मात्र सुरु हुनेछ।  प्रतियोगिताको विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टोलीले १२ लाखमा चित्त बुझाउँदा तेस्रोले ४ र चौथो हुने टोलीले २ लाख पाउनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।