सोमबार, मंसिर १, २०८२

कृष्णसमिपको ‘सिरुपाते खुकुरी’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- लोकप्रिय सञ्चारकर्मी तथा कुशल गायक कृष्णसमिप सुवेदीको नयाँ गीत ‘सिरुपाते खुकुरी’ सार्वजनिक भएको छ।

सुवेदीकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेम र देशप्रमलाई उच्च सम्मान दिइएको छ।

गीतमा सुवेदीलाई आवाजमा एन.के खत्री र मनिषा पोख्रेलले साथ दिएका छन् । गीतको म्युजिक भिडियोको निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन् भने दिपेन्द्र,एन.के खत्री र रेनु लामाको अभिनय रहेको छ। 

लामो समय संगीत कर्ममा रहेका सुवेदीका थुप्रै चर्चित गीतहरु यसअघि बजारमा आइसकेका छन्। सुवेदीको केही समयअघि मात्रै नायक दिलिप रायमाझीको अभिनय सहित तरकारी काउली बोलको गीत सार्वजनिक भएको थियो । उनका गीतहरुमा भूगोल, माया प्रेम र राष्ट्रप्रेमलाई स्थान दिने गरिएको छ।

संगीत संगै सञ्चारकर्ममा क्रियाशील सुवेदी सबै प्रकारका गीतहरुमा आफूलाई अब्बल स्थानमा राख्न सफल भएका छन्।
 
भिडियो

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्