बुधबार, चैत २५, २०८२

बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्न नसक्नुका कारण यस्ता छन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- सन् २०१३-१४ को सिजन सान्टोसबाट नेयमार स्पेनिस क्लब बार्सिलोना पुगेका थिए । बार्सिलोनामा ला लिगाका तीन सिजन खेले पछि नेयमारले २०१६ मा पुनः पाँच बर्षको नयाँ समझौता गरेका थिए । 

जसमा ८.५ मिलियन थप नविकरण बोनस सहित साम्झौता गरेको थियो । तर, २७ बर्षीय ब्राजिलियन स्टार खेलाडी नेयमार गत सिजन विश्व कीर्तिमानी मुल्यमा फ्रेन्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगे । 

पछिल्लो अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार नेयमार पुनः बार्सिलोना फर्किनसक्ने बताउँदै आएका थिए । नेयमारलाई भित्र्याउन बार्सिलोनाले आफ्ना मिडफिल्डर फिलिप्पे काउटिन्होलाई बिक्री गर्ने बताईएको थियो । 

तर, बार्सिलोनाका भाइस-प्रिसिडेन्ट जोर्डी मेस्ट्रीले नेयमारलाई क्लबमा पुनः भित्र्यान नसक्ने बताएका छन । जोर्डीका अनुसार नेयमारले पिएसजी जाँदा बार्सिलोनाको आर्थिक तथा अन्य क्षेत्रमा समेत प्रभाव परेका बताएका छन् । 

‘फुबलका बिषयमा नेयमार विश्व फुटबलमा एक महान खेलाडी हुन् ।’ जोर्डीले भने, ‘तर, मेरो व्यक्तिगत रुपमा उनी क्लबमा पुनः अनुबन्धित हुने छैनन् । किनकी पहिलो कुरा आर्थिक छ र दोस्रो कुरा उनी एक पिएसजी खेलाडी हुन् ।’ 

उनले थपे, ‘नेयमारले २०१७ मा हामिलाई छोड्दै धेरै सताएका थिए । यतिमात्र हैन उनले र उनका प्रतिनिधिले माहिसँग एक बिषयमा बाचा गरेका थिए । तर, वास्तविकता अर्कै थियो । हामीलाई त्यो कुरा पछि मात्र थाहा भयोकी नेयरमार र उनका बुबाले दुई फरक-फरक खेल खेल्दै थिए ।’ 

नेयमारले १८ महिना पहिले लगाएको चोट जोर्डीले अहिलेसम्म नबिर्सेको बताएका छन् । उनले भने, ‘हामीलाई धेरै पैसाबाट सञ्चार माध्यमको हल्लाले बचाएको छ । उनले मलाई धेरै दुख दिएका छन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।