काठमाडौं – पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका सरकारी अधिकारी संलग्नतामा योजनावद्ध तयारीका साथ भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
समाचार संस्था रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघ नेतृत्वको अनुसन्धान टोलीले शोग्गीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियतका साथ भएको निष्कर्ष निकालेको जनाएको छ। टोलीले अनुसन्धानको निष्कर्ष बिहीबार सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो।
खाशोग्गी अमेरिकी पत्रिका द वासिंगटन पोस्टसँग आवद्ध थिए। उनको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो। सु
संयुक्त राष्ट्रसंघीय अनुसन्धान टोलीकी अनुसन्धानकर्ता एगनेर क्यालामार्डले जेनेभामा अनुसन्धान प्रतिवेदन जारी गर्दै टर्की पुगेर गरिएको अनुसन्धानले फेला परेका प्रमाणले खाशोग्गीको हत्या सरकारी अधिकारीको संलग्नता र पूर्व योजना अनुसार भएको देखिएको बताइन्।
तीन विशेषज्ञसहितको टोली जनवरी २८ देखि फेब्रुअरी ३ सम्म टर्कीमा थियो। तर हत्याको स्पष्ट उद्देश्य के थियो भन्ने यकिन गर्न नसकिएको उनले बताएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४