शनिबार, भदौ ६, २०८३

नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त

 |  मंगलबार, असार २, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०८३

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रामुदामुलाई नियुक्ति गरेका हुन्।

नवनियुक्त अध्यक्ष रामुदामुलाई तोकिएको समयभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। साथै, महाधिवेशनको तयारी लागि ११ बुँदे कार्यादेश र कार्यविवरणसमेत प्रदान गरेको कांग्रेसले जनाएको छ।

प्रकाशित: Jun 16, 2026| 09:37 मंगलबार, असार २, २०८३
प्रतिक्रिया दिनुहोस्