काठमाडौं– असार १८ गते जिल्ल प्रशासन काठमाडौंमा पहिलोपटक दर्ता भएको एथलेटिक्स परिवार काठमाडौंले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। एथलेटिक्स परिवारले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै क्यालेन्डर सार्वजनिक गरेको हो।
परिवारले आयोजना वर्षभर तीन कार्यक्रम आयोजना गर्नेछ। मंसिरमा उमेर समूह यू १६ र यू२० को युथ एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्ने क्यालेन्डरमा उल्लेख छ।
त्यस्तै फागुनमा गोल्डेन एथलेटिक्स मिट गर्नेछ भने साउनमा खुला क्रसकन्ट्री दौड गराउने क्यालेन्डरमा उल्लेख छ।
परिवारले आगामी माघमा हुने झिल्टुङ क्रसकन्ट्री दौडमा सहकार्य गर्ने जनाएको छ। परिवारमा राजन खत्री अध्यक्षमा छन् भने उपाध्यक्षमा दीपककुमार रन्जित छन्। त्यस्तै सचिवमा मञ्जु श्रेष्ठ, कोषाध्यक्षमा सुषमा पाण्डे तथा सदस्यहरूमा राजकुमारी पाण्डे, सीताराम महतो, सुन्दरकेशर कार्की, बुबाल महर्जन र आशाराम गोठे छन्।