आइतबार, साउन २४, २०८३

२१ किलो गाँजासहित एक जना पक्राउ

 |  आइतबार, जेठ ३१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३१, २०८३

सिरहा- सुखीपुर नगरपालिका-८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो।

लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्का लागेर मोटरसाइकलमा सवार मगरको खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो।

प्रकाशित: Jun 14, 2026| 11:37 आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्