बिहीबार, कात्तिक १२, २०८३

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु

 |  बिहीबार, कात्तिक १२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १२, २०८३

सुर्खेत- गुर्भाकोट नगरपालिका–९ भालुखोलास्थित भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ।

भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा ट्याक्टरमा सवार गुर्भाकोट नगरपालिका–९, बोटेचौरका २८ वर्षीय बिमल रानाको मृत्यु भएको हो। ट्याक्टरको अगाडिको भागले च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैराका ४८ वर्षीय चन्द्रप्रकाश बि.क.लाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Oct 29, 2026| 12:37 बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्