आइतबार, जेठ ३१, २०८३

झापामा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

 |  आइतबार, जेठ ३१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३१, २०८३
National life
Shivam cement

झापा- मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो। आज बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो। हात्तीले कुल्चँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो। 

पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ।

प्रकाशित: Jun 14, 2026| 08:04 आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्