बुधबार, चैत २५, २०८२

नविता र स्यान्टु च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाल प्रहरीकाद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छन् । सिंगल्सको पुरुषमा स्यान्टु र महिलामा नविता उपाधि हात पार्न सफल भए ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको पुरुष फाइनलमा स्यान्टुले आफ्नै क्लबका विनेश खनियाँलाई ११-६, १३-११, ११-५ र ११-६ को सोझो सेटमा पराजित गरे । नेपाल आर्मीका कृष्ण थापा मगरले एपीएमका सुनील महर्जनलाई ४-१ ले हराउदै तेश्रो बने ।

ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा नविताले आर्मीकी दीक्षा तामाङको चुनौती ११-३, ११-७, ११-८ र ११-६ को सीधा सेटमा समाप्त पारिन् । आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४-२ ले निराश पार्दै तेश्रो भइन् ।

दुवै सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सयका दर नगद पुरस्कार पाए । विजेतालाई प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कलाकार मदनकृष्ण श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा विभिन्न १० स्पर्धामा ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।