एजेन्सी- फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले आगामी मंगलबार च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग भिड्दैछ । पिएसजीले च्याम्पियन्स लिगको शीर्ष १६ को पहिलो लेग युनाटेडसँग भिड्न लागेको हो ।
तर, उक्त खेललमा पिएसजीका स्टार खेलाडी नेयमार उपस्थित हुने छैनन् । नेयमार फ्रेन्च कप अन्तर्गत स्टार्सवर्गसँग भएको खेल दौरान घाइले भएका थिए । खेल दौरान दायाँ खुट्टामा चोट बोकेका कारण उनी युनाईटेडसँगको दुबै खेल गुमाउने भएका हुन ।
तर, अर्का युवा स्टार खेलाडी केलियन एमबाप्पेले युनाइटेडसँग भिड्न कुनै डर नभएको बताएका छन् । ‘म च्याम्पियन्स लिगको खेल देखेर चिन्तित छैन् ।’ एमबाप्पेले भने, ‘हामी एक पछि अर्को लगातार खेल खेली रहेका छौ र च्याम्पियन्स लिगको पर्खाईमा छौं ।’
भरखरै मात्र फ्रेन्च कपमा लियोनसँग पिएसजी २-१ ले पराजित भएको थियो । ‘हामी हाम्रा धेरै अवसरहरुसँग पस्ताताप छैन् । किनकी सो खेल खेल्दा मैलु राम्रो महसुश गरेको छु,’ एमबाप्पेले भने ।
रुस विश्वकप विजेता एमबाप्पेले जारी सिजनमा निकैनै प्रभावकारी प्रदर्शन गरेका छन् । जारी सिजन लिग वानमा उनले १६ खेल खेल्दै १८ गोल गरि सकेका छन् । पिएसजीका लागि सबै खाले २५ खेल खेल्दा उनले २२ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४