शुक्रबार, जेठ १, २०८३

रविपत्नी निकिताले पदबाट दिइन राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – रवि पत्नी एवम् चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। निकिताले एक विज्ञप्ति सार्वजनिक गर्दै बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीसामु राजीनामा दिएको जानकारी दिएकी छन्।

उनीद्वारा जारी विज्ञप्तिमा ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने भएकाले राज्यको काममा कुनै बाधा नपरोस् भनेर पदबाट राजीनामा दिने निर्णय गरेको उल्लेख गरेकी छन्। उनी २०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन्। 

आफ्नो तीन महिनाको तलब उनका श्रीमान् रवी लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको समेत विज्ञप्तिमा भनेकी छन्। उनले आफ्नो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने समेत बिज्ञप्ती मार्फत जनाएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्