काठमाडौँ- ग्राहकहरूलाई सुलभ मूल्यमा उत्कृष्ट प्रविधि उपलब्ध गराउने उद्देश्यले कम्पनीले सीमित अवधिका लागि यो योजना ल्याएको हो। यस अफर अन्तर्गत ग्राहकले ग्यालेक्सी एस२६ प्लस खरिद गर्दा तत्कालै २३ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।
क्यासब्याक पश्चात् यसको बजार मूल्य १ लाख ८२ हजार ९ सय ९९ रुपैयाँबाट घटेर १ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ कायम भएको छ। यो योजना मे १९ देखि जुन ३० सम्म नेपालभर सञ्चालित सामसङका आधिकारिक आउटलेटहरूमा लागू हुनेछ।
खरिद प्रक्रियालाई अझ सहज बनाउन सामसङले ‘इन्स्टा फाइनान्स’ मार्फत २४ महिनासम्मको सरल ईएमआई सुविधा पनि उपलब्ध गराएको छ। जस अनुसार ग्राहकले मासिक ४ हजार ३ सय ४१ रुपैयाँबाट सुरु हुने किस्तामा यो फोन खरिद गर्न सक्नेछन्। यो सुविधा लिनका लागि ग्राहकले आफ्नो नागरिकता देखाएर प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ।
ग्यालेक्सी एस२६ सिरिजको यो मोडेल विशेषगरी प्रिमियम अनुभव र शक्तिशाली प्रदर्शन खोज्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो। सामसङको आकर्षक डिजाइन, उत्कृष्ट सन्तुलन र नवीन विशेषताहरूका कारण यसलाई प्रविधिप्रेमीहरूले रुचाउँदै आएका छन्। ग्राहकका बदलिँदो आवश्यकता र प्रिमियम स्मार्टफोनप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो अफर ल्याइएको कम्पनीले जनाएको छ।