मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतको मेदान्त अस्पतालमा एनएमबि बैंकका ग्राहकलाई  विशेष छुट

भारतको मेदान्त अस्पतालमा एनएमबि बैंकका ग्राहकलाई  विशेष छुट

 |  मंगलबार, जेठ ५, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ५, २०८३

National life
Shivam cement

काठमाडौँ- एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित प्रसिद्ध मेदान्त अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा र अर्थपूर्ण लाभ प्रदान गर्ने उद्देश्यले यो साझेदारी गरेको हो ।

यस सहकार्यअन्तर्गत एनएमबि बैंकका कार्डवाहक ग्राहकहरूले मेदान्त अस्पतालमा ओपिडी (OPD) परामर्श, ल्याब, रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै, आइपिडी (IPD) सेवाअन्तर्गत रुम रेन्ट (कोठा भाडा) र विभिन्न स्वास्थ्य जाँचहरूमा १० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

यो सुविधा र यस सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले एनएमबि बैंकको ग्राहक सेवा नम्बर ०१-५९७०१५० मा सम्पर्क गर्न वा call@nmb.com.np मा इमेल गर्न सक्ने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना १९८ शाखाहरू, १७६ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: May 19, 2026| 10:45 मंगलबार, जेठ ५, २०८३
प्रतिक्रिया दिनुहोस्