सोमबार, चैत २, २०८२

अष्ट्रेलियामा भीषण बाढी, दुई जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
टाउन्सभिल- अष्ट्रेलियामा भीषण बाढी आएको छ। सो बाढीबाट मंगलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ। 

यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ। वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ। 

उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन्। सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ। 

उनीहरु बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेका बताइएको छ। 

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन्। उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गर्नुभएको छ। 

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ। उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जनाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।