आइतबार, जेठ ३, २०८३

आज पनि घट्यो सुनचाँदीको मूल्य

 |  आइतबार, जेठ ३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३, २०८३

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ। सुन तोलामा रु चार हजार  ५०० र चाँदी रु ३३० ले घटेको हो।

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ६० कायम भएको छ। 

गत शुक्रबार एक तोला  छापावाल सुन रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३९० मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: May 17, 2026| 13:11 आइतबार, जेठ ३, २०८३
प्रतिक्रिया दिनुहोस्