शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक सञ्चालकहरूको गुनासो-राज्यले त्रासको वातावरण सिर्जना गर्‍यो

बैंक सञ्चालकहरूको गुनासो-राज्यले त्रासको वातावरण सिर्जना गर्‍यो

 |  शुक्रबार, जेठ १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १, २०८३

काठमाडौं- बैंकरहरू पक्राउपछि बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरू आफूहरू त्रासमा रहेको बताएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउ पछि उनीहरूले यस्तो बताएका हुन्। दिनैपिच्छे कसलाई समायो भन्ने भइरहेको यो समयमा त्रास कसलाई छैन र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले प्रतिप्रश्न गरे। 

National life

श्रेष्ठले बैंकमा रहेको धितोमा बैंककै पहिलो कानुनी अधिकार हुने भएको कुरा नबुझी अहिले भइरहेको पक्राउले गम्भीर मनोवैज्ञानिक त्रास सृजना गरेको बताए। सिबिफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले कानुन नहेरि,हाम्रा कुरा नसुनि थुन्ने हो भने सबै जना अहिले डराएको अवस्था रहेको बताए। हामी सबै डराएका छौं, उपाध्यायले भने, सुनेर बल्ल थुन्ने नीति सरकारले लिने हो भने हामी डराउन आवश्यक नै छैन।

अहिले मनोवैज्ञानिक त्रास कायमै रहेको कारण समेत कर्जा लगानी विस्तार हुन नसकिरहेको उनीहरूले बताएका छन्। सरकारले चाहेको जस्तो लगानीको वातावरण आजको भोलि नै आउने होइन, विदेशी लगानीकर्ताको आत्मविश्वास वृद्धि हुन स्वदेश लगानीकर्तामा पनि आत्मविश्वास हुनुपर्छ, उपाध्यायले थपे, त्यसो नभए विदेशी लगानीकर्ता पनि आउँदैनन अहिले इतिहासकै कम ब्याजदरमा कर्जा पाइने अवस्था भए पनि युवाहरूको विदेश पलायन र व्यवसायीहरूको मनोविज्ञानको कारण पनि अहिले कर्जा विस्तार हुन नसकिरहेको उनीहरूको भनाइ छ।

बैंकहरूले एक सय रूपैयाँ लगानी गर्दा ९६ पैसा मात्रै नाफा भइरहेको पनि उनीहरूको भनाइ छ। त्यस्तै, बैंकहरूले पाँच प्रतिशतभन्दा धेरै निष्क्रिय कर्जा हुँदा पनि सो सीमाभन्दा माथिको रकमलाई करमा समायोजन गर्न नपाइरहेको उनीहरूको भनाइ छ।

यो सीमासम्मको निष्क्रिय कर्जाको समायोजन गर्न पाए पनि थप कर्जा समायोजन नहुँदा बढी कर तिर्नु परिरहेको अवस्था रहेको छ। यद्यपि, बैंकहरूले यस्तो कर्जा नियमित भएपछि पहिले तिरेको करमा दाबी गर्न पाइन्छ। तर, अहिले बैंकहरूको आम्दानी घटेको यो समयमा यो व्यस्थाले थप कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।

अर्थतन्त्रमा संरचनात्मक समस्या रहेकोले राष्ट्र बैंकले बैंकहरूलाई बाध्यात्मक रूपमा निर्देशित कर्जा जारी गर्न लगाउन नहुने पनि बताएका छन्।  सिबिफिनका महासचिव मनोज कुमार गोयलले भने,बजार व्यवस्थापन नहुँदा कृषि लगायत निर्देशित कर्जामा समस्या परेको छ, यो अर्थतन्त्रमा रहेको संरचनात्मक समस्याको कारण हो।

अहिले बजारमा पैसाको प्रवाह नै रोकिएको कारणले अर्थतन्त्र मात्र नभएर बैंकहरूमा पनि समस्या आएको तर बैंकहरू आफ्नो कारणले कमजोर नभएको गोयलले उल्लेख गरे। 

उनीहरूले निष्क्रिय कर्जाको अहिलेको वर्गीकरण व्यवस्थामा सुधार हुनुपर्ने समेत बताएका छन्।भारत लगायतका मुलुकमा तीन वर्षसम्म कर्जाको सावाँ र किस्ता नियमित नभएमा मात्रै निष्क्रिय कर्जा मानिने व्यवस्था रहेकोले त्यस्तै सुविधा यहाँका बैंकलाई पनि दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रकाशित: May 15, 2026| 13:55 शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्