काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर र देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले वैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा सञ्चालन गरेको दुई दिने स्वास्थ्य शिविरबाट ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
आरबी डायग्नोस्टिकुसँगको सहकार्यमा सञ्चालित शिविरमा ईसीजी, थाइराइड, सुगर, प्रेसर, कोलेस्ट्रोल, युरिक एसिड लगायतका निःशुल्क परीक्षण गरिनुका साथै विशेषज्ञ डाक्टरहरूबाट परामर्श सेवा प्रदान गरिएको थियो।
यसै अवसरमा कम्पनीले सातै प्रदेशका १३ विभिन्न स्थानमा बृहत् रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो। उक्त कार्यक्रममार्फत काठमाडौं, पोखरा, इटहरी, वीरगञ्ज, बुटवल, धनगढीलगायतका स्थानबाट कुल ५०५ पिन्ट रगत सङ्कलन गरिएको कम्पनीले जनाएको छ।
वार्षिकोत्सवको विशेष अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रवीण रमण पराजुलीले विगत २५ वर्षदेखि निरन्तर साथ दिने ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी र नियामक निकाय लगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गर्नुभएको छ।
‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गरेको नेपाल लाइफले हाल जीवन बीमा क्षेत्रमा करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको छ। कम्पनीले देशभरका ७७ वटै जिल्लामा रहेका शाखा र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत करिब ५४ लाख परिवारलाई सेवा प्रदान गर्दै आएको छ।