बुधबार, चैत २५, २०८२

डेम्बेले विना बार्सिलोना असम्भव : सुआरेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- केही समय अगाडि कप्तान लियोनल मेस्सी र ओसमाने डेम्बेलेबचीको सम्बन्ध राम्रो नरहेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट बाहिरियको थियो । मेस्सी डेम्बेलेसँग सन्तुष्ट नरहेको बताईएको थियो । 

त्यसको केही समय पछि लगत्तै फेरी कप्तान मेस्सीले डेम्बेले बार्सिलोनाका लागि निकै नै महत्वपूर्ण खेलाडी भएको बताएका थिए । तर, पछिल्लो समय निकै नै लयमा देखीएका डेम्बेलेलाई बार्सिलोनाको टोलीमा नभई नहुने खेलाडी भएको उनका टिम सहकर्मी लुइस सुआरेजले बताएका छन् । 

अन्तर्राष्ट्रिय स्पोर्टस् मिडियासँग कुरा गर्दै सुआरेजले डेम्बेले बार्सिलोनाको टोलीमा नभई नहुने खेलाडी भएको बताएका हुन् । ‘यो हैनकी उनी प्रहार गर्न सक्दैनन् । तर, कैयौ पटक उनले दिएको पास बलका लागि काउन्टर अट्याकमा पुग्न सक्दौन ।’ 

सुआरेजले भने,‘म त्यो ठाउँन पुग्न सकिरेको छैन जहाँ हाल डेम्बेले छन् । र मेस्सी पनि उनी भन्दा पछाडी छन् । उनी वास्तवमा तिव्र गतिमा छन् र हामी उनलाई पछ्याउन सकिरहेका छैनौ ।’ 

उनले थपे, ‘जव उनी ढौड्न सुरु गर्छन् तब हामी उनको अगाडी रहन आवस्यक छ ।’ २१ बर्षीय स्ट्राइकर डेक्बेलेले जारी सिजनमा बार्सिलोनाका लागि २७ खेल खेल्दै १३ गोल गरि सकेका छन् । उनले ला लिगाका मात्र १९ खेल मा ८ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।