सोमबार, भदौ १५, २०८३

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

 |  मंगलबार, वैशाख २२, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २२, २०८३

काठमाडौं- सन् २०२६ को अप्रिल महिनामा एक लाख सात हजार ९३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गतवर्षको अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपालमा भित्रिएका थिए। पश्चिम एसियामा जारी द्वन्द्वका कारण यसवर्ष पर्यटक आगमनमा कमी आएको हो।

बोर्डका अनुसार दक्षिण एसिया (सार्क) क्षेत्र बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन्। नेपाल आउने पर्यटकमा सैबभन्दा बढी भारतबाट १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक रहेका छन्।

प्रकाशित: May 05, 2026| 06:04 मंगलबार, वैशाख २२, २०८३
प्रतिक्रिया दिनुहोस्