बुधबार, चैत २५, २०८२

एएफसी कप : मनाङको पहिलो खेल बंगलादेशी क्लब ढाका अबहानीसँग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं-सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग भिड्ने भएको छ । 

सोमबार एसियन फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार मनाङले पहिलो खेलमा अबहानी लिमिटेडको सामना गर्ने भएको हो  । समूह ‘ई’ मा रहेको मनाङले पहिलो खेलको रुपमा एन्फा कम्प्लेक्स सातदोबाटोमा अप्रिल ३ मा अबहानी लिमिटेडको सामना गर्ने छ ।

मनाङले अबहानीसँग अवे खेल भने ढाकास्थित बंगबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । प्ले अफमा समूह ’इ’ को विजेतासहित समूह ’डी’, ’आइ’ र एसिन क्षेत्रको विजेताले खेल्नेछ ।

यस्तै मनाङले प्ले अफबाट आउने टोलीसँगको अवे खेल अप्रिल १७ मा खेल्नेछ । जसमा भारत, श्रीलंका र भुटान मध्येको एक टोलीले खेल्नेछ ।  प्ले अफबाट आउने टोलीसँग मनाङले होम खेल आगामी जुन २६ मा एन्फा कम्प्लेक्समा खेल्नेछ ।

त्यस्तै मनाङले भारतको च्याम्पियन मिनेर्भा पन्जाबसंगको अवे खेल भुवनेश्वरमा आगामी मे १ मा खेल्नेछ । मनाङले पन्जाबसँगको होम खेल मे १५ मा एन्फा कम्प्लेक्समा खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।