सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गर्दै

नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गर्दै

 |  आइतबार, वैशाख २०, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २०, २०८३

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

“लाइफ इज प्रेस्युस ! लेट्स अपलिफ्ट इट टुगेदर” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ।

स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।

यस्तै रक्तदान कार्यक्रम बैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ। साथै देश भरका सातै वोता प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ।

कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ।

arthapranali-5-1777813933.jpeg
 

प्रकाशित: May 03, 2026| 18:58 आइतबार, वैशाख २०, २०८३
प्रतिक्रिया दिनुहोस्