आइतबार, वैशाख २०, २०८३

तोलामा १ हजारले घट्यो सुनको भाउ

 |  आइतबार, वैशाख २०, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २०, २०८३

National life

काठमाडौं- गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ। सुन तोलामा रु एक हजारले घटेको छ भने  चाँदी रु ६५ ले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ। गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ९४५ मा किनबेच भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: May 03, 2026| 11:44 आइतबार, वैशाख २०, २०८३
प्रतिक्रिया दिनुहोस्