काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँ घटाइएको हो।
मूल्य घटेसँगै काठमाडौ जस्ता तेस्रो वर्गका सहरहरूमा गएराति १ बजेदेखि पेट्रोलको खुद्रा मूल्य २१७ र डिजेलको २२५ रूपैयाँ कायम भएको छ।
एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर १५० रूपैयाँले वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको प्रभावमा समायोजन गरिएको निगमले जनाएको छ।