मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

 |  मंगलबार, वैशाख १५, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १५, २०८३

पर्सा- चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ।  

National life

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो। 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको बताउनुभयो। गत आवको नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको थियो। 

चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ। गत आवको सोही अवधिमा ४८ करोड रुपैयाँको १७२ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको थियो।

चालु आवमा ९६ करोड रुपैयाँको सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ। गत आवको सोही अवधिमा ५५ करोड रुपैयाँको चार हजार २२७ विद्युतीय मोटरसाइकल आयात भएको थियो। 

kumari

त्यसैगरी चालु आवको नौ महिनामा ५३ करोड रुपैयाँको चार हजार ६०६ वटा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन आयात भएको छ। गत आवको सोही अवधिमा ४५ करोड रुपैयाँको तीन हजार ६१३ वटा विद्युतीय तीन पाङ्गे्र सवारी आयात भएको थियो।

प्रकाशित: Apr 28, 2026| 09:54 मंगलबार, वैशाख १५, २०८३
प्रतिक्रिया दिनुहोस्