मंगलबार, माघ ६, २०८२

मेस्सीले पीएसजीबाट कुन टिमविरुद्ध कहिले गर्दै छन् डेब्यू?

जारी गृष्मकालिन फुटबल सरुवा बजारबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले अगस्त २९ मा डेब्यू गर्ने भएका छन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- जारी गृष्मकालिन फुटबल सरुवा बजारबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले अगस्त २९ मा डेब्यू गर्ने भएका छन्।

National life

अगस्त २९ को अवे खेलमा उनले रिम्सविरुद्ध डेब्यू गर्ने सम्भावना रहेको युरोपियन मिडियाले चर्चा गरिरहेका छन्।

मेस्सीले पीएसजीमा हिजो सोमबार तेस्रो दिनको अभ्यास गरेका थिए। स्पेनिस क्लब बार्सिलोनाबाट ऐतिहासिक सरुवा भएका मेस्सी अहिले टिममा फिट हुने प्रक्रियामा छन्।

निकै उत्कृष्ट फिटनेस भएका खेलाडी मात्र टिममा राख्ने नीति भएका प्रशिक्षक माउरिसयो पोचेतिनोको रणनीतिमा उनी अर्झ केही दिन मैदान खेलबाहिर हुनेछन्।

कोपा अमेरिकापछि विदामा रहेका मेस्सीले प्रिसिजनमा पनि अभ्यास गर्न पाएका थिएनन्। बार्सिलोना फर्किएलगत्तै उनी क्लबबाट बाहिरिएका थिए।

Laxmi sunrise bank
kumari

त्यसपछि उनले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका हुन्। त्यसैले अब शुक्रबार ब्रिस्टविरुद्धको अवे खेल मेस्सीका लागि केही छिटो खेल हुनेछ। मेस्सीले टिमसँग उत्तरपश्चिमको यात्रा भने गर्न सक्नेछन्।

‘कोपा फाइनलपछि उनले केही दिन मात्र अभ्यास गरेका छन्। अब हामी स्टेप बाई स्टेप उनको अभ्यास हेर्नेछौं। हामीले एक अर्कालाई थप चिन्नेछौं र उनलाई टिममा फिट र सहज भाव पैदान गराउनेछौं त्यसपछि उनी डेब्यु गर्न योग्ग हुनेछन्,’ पीएसजीका मूख्य प्रशिक्षक पोचेटिनोले भनेका छन्।

पीएसजीमा मेस्सीले अभ्यस गरिरहेको भिडियो बाहिरिएपछि मानिसहरूले उनले चाँडै डेब्यू गर्नसक्ने पनि बताएका छन्। उनले पीएसजीमा खेलबाटै आफ्नो प्रभाव छोड्न सफल भइसकेको स्पेनिस पत्रिकाले मार्काले विश्लेशण गरेको छ।

प्रकाशित: Aug 17, 2021| 13:03 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।