शुक्रबार, साउन १५, २०८३

नेपाललाई इतिहास रच्ने अर्को मौका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज (आइतबार) टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्दैछ । खेल दुबईस्थित आइसिसी क्रिकेट एकेडेमी मैदानमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । 

टी-२० सिरिजको पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको छ । अन्तिम खेल नेपालले जित्नसके पहिलो टि-२० अन्तर्राष्ट्रिय उपाधि जित्नेछ । राम्रो लयमा देखिएको नेपाली टोलीले टि-२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । 

जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीप्काटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् । 

त्यसो त अझै युवा ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट युवा ब्याट्सम्यानमा प्रमाणित गरिसकेका छन् । रोहितले कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाएका छन् भने जोराले टि-२० मा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरिसकेका छन् । 

टि-२० सिरिजमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसेके पनि मध्यक्रमका ब्याट्सम्यानका तथा बलरहरुको प्रदर्शन देख्नलायक रहँदै आएको छ । दोस्रो टि-२० मा पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दा नेपालले चार बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।