आइतबार, चैत १९, २०७९

नवलपुरमा रामलाल जाेशीकाे ‘सखी’ माथि विमर्श

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
नवलपुर – नवलपुरमा मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको उपन्यास ‘सखी’ माथि विमर्श गरिएको छ। नवलपुरमा रहेका विभिन्न साहित्यिक संघसस्थाहरुको संयुक्त आयोजनामा कावासोतीको मध्यबिन्दु क्याम्पसमा कार्यक्रमको आयोजना गरिएको हो। 

कार्यक्रममा बोल्दै लोकबार्ता नेपालका सस्थापक अध्यक्ष  प्राध्यापक डा कुसुमाकर न्यौपानेले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन साहित्यकार तथा लेखकले अझै मेहनत गर्नु पर्ने बताएका थिए। धार्मिक ग्रन्थहरुमा भएका कथाहरु मानव  विकासको बैज्ञानिक तथ्यसँग मेल खाने कुरा गर्दै साहित्य यसबाट अलग नरहेको न्यौपानेले बताए। न्यौपालेले जोशीका प्रकाशित कृतिहरु अब्बल रहेको बताउँदै आगामी दिनमा पनि यस्तै कृतिको अपेक्षा गरेको बताए।

यस्तै नेकपाका केन्द्रीय सदस्य किसन शर्मा गैरेले  साहित्य भनेको कुनै पनि व्यक्ति समाज र राजनीतिक विचारको मात्र नभई  सबैको साझा हुने धारणा राखेका थिए। कार्यक्रममा बोल्दै आचर्य श्री शीत्तल कृष्ण जी महाराजले साहित्यले मानव जीवनलाई आनन्द दिने र अर्थपूर्ण जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्ने  बताएका थिए।

करुण लम्साल,  डा धनपति कोइराला, विरेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश प्रभात लगायतले पाठक प्रतिक्रियाका साथै लेखकलाई आगामी यात्राको प्रगतिको शुभकमना ब्यक्त गरेका थिए।

साहित्यकार कृष्ण देवी शर्मा, अधिवक्ता तथा साहित्यकार दिपक भट्टराई, साहित्यकार श्रीषा शाहीले उपन्यासका सवल र दुर्बल पक्षका बिषयमा टिप्पणी गरेका थिए। 

लेखक जाशीले आफ्ना कथा वनावटी नभएर समाजमा सजिव रुपमा रहेका पात्रहरु नै रहेको बताएका थिए। सुदूर पश्चिमको समाजलाई जस्ताको तस्तै उतारेको उनले बताए। पढ्दा र सुन्दा असहज लाग्ने भएपनि ‘सखी’ भित्र रहेका पात्रहरुको जीवन यथार्थपूर्ण रहेको उनको जिकिर छ।   

कार्यक्रममा साधना सगमका अध्यक्ष अर्जुन अविरल, लक्ष्मी स्मृति साहित्य प्रतिष्ठानका अध्यक्ष सदानन्द अभागी, साहित्यकार टीका सापकोटा लगायतले पनि आफ्ना धारणा राखेका थिए।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।