शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बाइक-स्कुटर साटेर टियागो इभी चढ्ने मौका, टाटा मोटर्सको 'स्विच टु टियागो इभी' एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभी चढ्ने मौका, टाटा मोटर्सको 'स्विच टु टियागो इभी' एक्सचेन्ज क्याम्प

 |  शुक्रबार, फागुन २९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २९, २०८२

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विशेष एक्सचेन्ज योजना 'स्विच टु टियागो इभी' सार्वजनिक गरेको छ ।

National life

यस अभियान अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्डको आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी खरिद गर्न सक्नेछन् ।

यो विशेष क्याम्पेन आगामी मार्च १३, १४ र १५, २०२६ सम्म देशभरका टाटा मोटर्सका आधिकारिक शोरुमहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्ने आकर्षक सुविधा उपलब्ध गराइएको छ ।

साथै, पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधाहरू पनि यस अफरमा समावेश गरिएका छन् ।

Laxmi sunrise bank
kumari

सिप्रदीले आफ्ना ग्राहकका लागि थप सुविधाहरू घोषणा गर्दै सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ इन्स्टलेसनको व्यवस्था समेत गरेको छ ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहनेहरूका लागि यो योजना निकै प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित: Mar 13, 2026| 11:36 शुक्रबार, फागुन २९, २०८२
प्रतिक्रिया दिनुहोस्