शुक्रबार, वैशाख १८, २०८३

उप्रेतीले सम्हाले नाडा अध्यक्षको जिम्मेवारी

 |  शुक्रबार, फागुन २९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २९, २०८२

काठमाण्डाैं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)मा नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

National life

निवर्तमान अध्यक्ष करण चौधरीले बिहीबार उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन्। सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको नाडाले जनाएको छ।

यसै अवसरमा नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरूअनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरेका छन्।

उक्त बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्। उनले मनोनीत सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।

साथै, नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ। आगामी दिनहरूमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: Mar 13, 2026| 11:29 शुक्रबार, फागुन २९, २०८२
प्रतिक्रिया दिनुहोस्