सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • 'सामूहिक हत्या योजना' विफल पारेको भेनेजुएली अधिकारीको दाबी

'सामूहिक हत्या योजना' विफल पारेको भेनेजुएली अधिकारीको दाबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काराकास- भेनेजुयलाको विपक्षीद्वारा केही सरकार पक्षधर नेता तथा सैनिकको ‘सामूहिक हत्या योजना’ बनाएपनि यसलाई सुरक्षा फौजले विफल पारिदिएको गृहमन्त्री नेस्टोर रिभेरलले बिहीबार बताएका छन्। 

भेनेजुयलाको अतिवादी दक्षिणपन्थी समूहले केही राजनीतिक तथा सैनिक अधिकारीको सामुहिक हत्या गर्न एक समूहलाई तयार पारेको पाएपछि सुराकीको आधारमा उनीहरूको योजनालाई विफल पार्न सरकारी सुरक्षा फौज सफल भएको गृहमन्त्री रिभेरोलको दावी छ। 

‘नेशनल बोलिभरियन आर्म फोर्स (एफएएनबी)’ बाट छुट्टिएका केही सदस्य कोलम्वियाबाट भेनेजुयला आएका भन्ने गुप्तचर अधिकारीले पाएको सूचनाका आधारमा अपनाइएको सावधानी सफल भएको उनले बताए। 

सुरक्षाकर्मीले भेल्स देल टुय मा हत्या योजनासाथ आएका एक जना मिगेएल पालासिअस सालसेदोलाई पक्राउ गरेपछि उक्त योजनाको खुलासा भएको गृहमन्त्री रिभेरोलले बताए। सालसेदो एफएएनबीबाट सन् २००६ मा छुट्टिएका थिए। 

पक्राउ परेका सालसेदोको बयानका आधारमा सुरक्षाकर्मीले अर्का आरोपित अल्वेर्टो सालाजार कावानसलाई नियन्त्रणमा लिएपनि उनीसँगै रहेका दुई सदस्य भने भागेका गृहमन्त्रीले बताएका छन्। 

यसै घटनाका आधारमा अवकासप्राप्त भेनेजुयली कर्नेल ओसवाल्डो गार्सिया पालोमो र दुई अन्य व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ। सन् २०१८ को अगस्ट ४ मा राष्ट्रपति निकोलस मदुरोलाई हत्या प्रयास गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका पालोमोलाई अत्याधुनिक हतियारसहित गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको छ। उनीसँगबाट दुई ए.के. १०३ राइफल, दुई सेटलाइट फोनसहित विभिन्न वन्दोवस्तीका सामान नियन्त्रणमा लिइएको सरकारी अधिकारीले बताएका छन्। 

पक्राउ परेका उनीहरू भेनेजुयलाको दक्षिणपन्थी समूहद्वारा भाडामा ल्याइएका आपराधिक गिरोहका सदस्य भएको गृहमन्त्रीले बताए। 

भेनेजुयलामा जनवरी २३ मा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि र अमेरिकाले उहाँलाई मान्यता दिने बताएपछि यहाँको राजनीतिक अवस्था थप जटील बनेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।