बुधबार, चैत २५, २०८२

टी-२० सिरिजको पहिलो खेलमा नेपाल २१ रनले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईसँगको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । सिरिजको पहिलो खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको हो । 

युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ३२ रन बनाउन सक्यो । नेपालका लागि पहिलो अन्तराष्ट्रिय टी-२० खेल खेलेका सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । 

उनले ४६ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए । सोमपाल कामीले २७, कप्तान पारस खाड्काले २५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

युएईका लागि मोहमद माभिद, सुल्तान अहमद र जाहुर खानले समान २-२ विकेट लिए । त्यस्तै अमिर हायातले एक विकेट लिए ।

यो पनि पढ्नुस् : नेपालको टी-२० सिरिज : यस्तो छ खेल इतिहास

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईका लागि सैमन अनवरको अर्धशतकको मद्दतले १ सय ५३ रन बनाएको थियो । सैमनले ३८ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५९ रनको अर्धसशतकीय पारी खेले । त्यस्तै मुहमद उसमनले ३० रन जोड्दा सिपी रिजवनले २२ रन जोडे । मोहमद बुटा २० रनमा अविजित रहँदा अन्य चार ब्याट्स्म्यानले दोहोरो अंक छुन सकेनन् । 

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए । सन्दीपको यो राष्ट्रिय टोलीका लागि टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो दुई विकेट हो । सोमपाल कामी र अभिनास बोहराले एक एक विकेट लिए । अब सिरिजाको दोस्रो खेल शुक्रबार खेल्ने छ । शुक्रबारको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।