बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुढाबुढीलाई पनि ढाँटे ओलीले- 'खै त खनखनी पाँच हजार'? (भिडियो)

बुढाबुढीलाई पनि ढाँटे ओलीले- 'खै त खनखनी पाँच हजार'? (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- 'पहिले हामीले दुई-दुई हजार पुर्‍यायौं र बुढाबुढीलाई कसरी ढोग्नुपर्छ र सम्मान गर्नुपर्छ भन्ने सिकायौं। चुनावपछि पाँच-पाँच हजार खनखनी घरघरमा-हातहातमा पुर्‍याएर ढोग्‍ने तरिका सिकाउँछौं', यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीको हो। तत्कालीन एमाले अध्यक्षसमेत रहेका ओलीले ज्येष्ठ नागरिकको मत तान्न हरेक चुनावी सभामा नछुटाउने 'पासा' को रुपमा प्रयोग गर्ने वाक्य थियो त्यो। 

उनलाई सायद ज्येष्ठ नागरिकको आशिष नै लागेर होला, उनी नेतृत्वको पार्टी पहिलो बन्यो र अहिले मुलुकमा उनकै नेतृत्वमा दुई तिहाइको सरकार छ। उनले चुनावमा बोलेजस्तै गरी चाहेका हरेक नीति नियम परिवर्तन गरी र सेवा सुविधाहरु दिनसक्ने हैसियत उनमा छ। सरकार बनेको एघार महिना पुरा भइसक्यो तर आश्वासन अधुरै छन्। 

एक जिम्मेवार पार्टीको अध्यक्ष, मुलुकको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा भएका ओलीले हरेकले सम्मान गर्नुपर्ने ज्येष्ठ नागरिकसँग नै झुटो बोलेका छन्। उनले चुनावी सरगर्मीलाई आफ्नो पक्षमा पार्न आफ्नो संवेदनासँग खेलबाड गरेको र मुलुकको प्रधानमन्त्रीले झुटो बोलेको भन्दै ज्येष्ठ नागरिकहरुले सडक आन्दोलन थालेका छन्। 

प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्नै लाग्दासमेत वृद्धभत्ता बढ्नुको सट्टा अर्थमन्त्री युवराज खतिवडाले वृद्धभत्ता हटाउन खोजेको भन्दै जेष्ठ नागरिक सडकमै आएर आन्दोलन गर्न बाध्य भएको बताउँछन्। 

भिडियो

\
जेष्ठ नागरिकहरुले ०६९ साल फागुन २४ गतेदेखि अधिकारका लागि आन्दोलन गरेको र सरकारले आफ्ना जायज माग पूरा गर्नुको सट्टा प्रहरी लागएर धरपकड गरेको आरोप लागाएका छन्। जेष्ठ नागरिकहरुले दुई हजार पाउँदै आएको वृद्ध भक्ता ६० वर्ष पुगेकालाई पाँच हजार लिनुपर्ने, अस्पताल र सवारीसाधनमा ५० प्रतिशत छुट पाउनुपर्ने र सरकारले गास, बास, कपासको व्यवस्था गर्नुपर्ने माग राखेर निरन्तर आन्दोलन गरिरहेका छन्।

८२ वर्षीय विष्णुचन्द्र घिमिरेले वर्तमान प्रधानमन्त्री ओलीले चुनावका बेला वृद्ध भत्ता बढाउँछु भनेको कुरा पूरा नगरेको भन्दै प्रधानमन्त्री ओलीले झूटो बोलेको आरोप लगाए। 

उनले भने, 'प्रधानमन्त्री ओलीज्यूले चुनावको बेला वृद्धभत्ता पाँच हजार पुर्‍याउने र त्यो पनि जेष्ठ नागरिकको घरमै पुर्‍याउने भन्नुभयो। उहाँ प्रधानमन्त्री भएको पनि एक वर्ष पुग्न लाग्यो तर हामीलाई दिएको वचन पूरा गर्नु भएन । उहाँका अर्थमन्त्री युवराज खतिवडाले वृद्धभत्ता दिन नसक्ने भन्दै हुनुहुन्छ। दिन नसक्ने भए हामीलाई आश्वासन किन दिएको?'

जेष्ठ नागरिकहरु आफ्नो अधिकारको माग गर्दै मीनभवनस्थित यातायात व्यवस्था कार्यालयअगाडि धर्नामा बसेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।