मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • नेपाल टेलिकले गर्‍यो सेवाग्राहीको गोपनियताप्रति संवेदनशील रहन एसएमएस सेवा प्रदायकहरुलाई आग्रह

नेपाल टेलिकले गर्‍यो सेवाग्राहीको गोपनियताप्रति संवेदनशील रहन एसएमएस सेवा प्रदायकहरुलाई आग्रह

 |  मंगलबार, पुस २९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०८२

काठमाडौं- नेपाल टेलिकमको VAS (Value Added Services) सेवा प्रणालीमा आवद्ध भई SMS मा आधारित VAS सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरुमा समेत प्रवाह गरिरहेको र यस सम्बन्धमा सेवाग्राहीको गुनासो समेत प्राप्त जनाएको छ। 

नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसाय प्रवद्र्धनका लागि SMS प्रवाह गर्न विभिन्न सेवा प्रदायकहरुलाई स्वीकृति दिने गरेको छ। तर नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउँदैन। 

सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गिय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ। आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरुलाई अनुरोध गरेको छ। 

नेपाल टेलिकमले सेवाग्राहीको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  Capture-1768295387.PNG
 

kumari

प्रकाशित: Jan 13, 2026| 14:56 मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्