बिहीबार, साउन १४, २०८३

शीर्षस्थानको लिभरपुल र सिटीले बराबरी खेले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुल लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीसँग १-१ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । खेलको २ मिनेट नबित्दै घरेलु मैदाननमा सुरुवाती अग्रता लिएको लिभरपुलले पहिलो हाफको इन्जुरी समयमा नै एक गोल खाँदै खेल बराबरीमा आएको थियो । 

लिभरपुललाई सुरुवाती अग्रता दिलाउन साडियो मानेले गोल गरेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा सिटीका ह्यारी मागुइरेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेपनि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ । 

बराबरीपछि लिभरपुलले २४ खेलबाट ६१ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अघि छ । सिटीको ५६ अंक छ । लेस्टर सिटी ३२ अंकसहित ११ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।